घूस लिएर प्रमाणपत्र, पनिकाका अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा ...

सम्बन्धित सामग्री

२० हजार घूस लिँदालिँदै प्रहरी नै अख्तियारकाे फन्दामा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ।व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो। महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले २० हजार लिँदै गरे

घूस प्रकरणमा डिएसपी निलम्बित

गृह मन्त्रालयले घूस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घूस मागेको आरोपमा आइतबार राति पक्राउ […]

इन्छारामलाई छुटाउन न्यायाधीश र वकिलबीच घूस लेनदेनको अडियो बाहिरएपछि…

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र वकिलबीच भएको घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायालयभित्रको भ्रष्टाचारको अर्को पर्दा खुलेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच लेनदेनको अडिओ सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक बोलाउनुभएको छ । न्युज २४ …

जग्गा नामसारी सिफारिशमा साँढे ३ हजार घूस लिने वडा सचिव पक्राऊ

काठमाडौं, २० माघ । जग्गा नामसारी सिफारिशको लागि घूस लिने सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बारा कोल्हवी नगरपालिका ११ रामपुर्वाका वडासचिव बिनोद प्रसाद साहलाई अख्तियारले साँढे तीन हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले घूस वापतको रकम लिइसकेको अवस्थामा उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जानकारी दिए । […]

भिरकोटका वडाध्यक्ष र सदस्यले नागरिता बनाउन घूस लिएपछि….

काठमाडौं, २९ पौष । घूस लिएको अभियोगमा पक्राउ परेका स्याङ्जा भिरकोट नगरपालिका ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरुमाथि नागरिकता बनाइदिने प्रयोजनका लागि १ लाख ३५ हजार घूस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायरभएको हो । भीमबहादुरले नागरिकता बनाइदिनका लागि १ […]

बिजुलीको पोल सार्न घूस लिएपछि…

काठमाडौं, २९ पौष । बिजुलीको पोल सार्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले घूस लिन थालेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धानले घूससहित एकजना अधिकारीलाई पक्राउ गरेको छ । यसरी घूस लिने काठमाडौं ग्रिड महाशाखा सव स्टेसन पाटन, ललितपुरमा कार्यरत सव स्टेसन प्रमुख सोमप्रसाद पहाडी हुन् । पहाडीले एक लाख ४० हजार घूस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको […]

कोरोनाको खोपमा पनि घूस!

सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन्।...

जनप्रतिनिधिले नै घूस मागेपछि ......

कात्तिक २९, काठमाडौं । जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घूस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् । तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना वडा सदस्यलाई घूस रकमसहित पक्राउ गरेको छ ।            आयोगका अनुसार १ लाख ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सोमवार पक्राउ गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलानसम्बन्धी काम सम्पन्न भए पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत वडा सदस्यद्वयले घूस माग्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई सर्लाहीको लालबन्दी–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घूससहित पक्राउ गरिएको हो । रासस

सीईओसहितका कर्मचारीले घूस लिएको खुलासा भएपछि हलचल, अख्तियारले लियो एक्सन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणधीन मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका प्राविधिक कर्मचारीले चिनियाँ ठेकेदार कम्पनीसँग घूस लिएको अडियो रेकर्ड प्रकरणमा छानबिन सुरु गरेको छ ।  केही कागजपत्रसमेत लगेको अख्तियारले घूस प्रकरणलाई भ्रष्टाचारजन्य विषय भन्दै छानबिन सुरु गरेको हो । ‘भोटेकोसीको अनियमिततामाथि प्रारम्भिक छानबिन सुरु भएको हो,’ अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले भने । संरचनाको गुणस्तर भने विशेषज्ञ टोलीले छानबिन गर्ने भएको छ । च...

सीईओसहितका कर्मचारीले घूस लिएको खुलासा भएपछि हलचल, अख्तियारले लियो एक्सन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणधीन मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका प्राविधिक कर्मचारीले चिनियाँ ठेकेदार कम्पनीसँग घूस लिएको अडियो रेकर्ड प्रकरणमा छानबिन सुरु गरेको छ ।  केही कागजपत्रसमेत लगेको अख्तियारले घूस प्रकरणलाई भ्रष्टाचारजन्य विषय भन्दै छानबिन सुरु गरेको हो । ‘भोटेकोसीको अनियमिततामाथि प्रारम्भिक छानबिन सुरु भएको हो,’ अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले भने । संरचनाको गुणस्तर भने विशेषज्ञ टोलीले छानबिन गर्ने भएको छ । च...