आपूर्ति व्यवस्थापन सहज बनाउन उद्योग मन्त्रालयले बनायो उच्चस्तरीय समिति, कस–कसले पाए जिम्मेवारी ?

निषेधाज्ञाको समयमा अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनका लागि उद्योग तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम गठन गरेको छ ।  मन्त्रालयले अन्य मन्त्रालयका अधिकारीहरूसमेतको टोली बनाएको बुधवार जानकारी दिएको हो  । मन्त्रालयले विभिन्न क्षेत्रमा समन्वय र सहजीकरण गर्नका लागि जिम्मेवारी समेत तोकेको छ ।  जसअन्तर्गत आपूर्ति व्यवस्थापनका लागि प्रेम कुमार राई, स्थानीय प्रशासनको सहयोग तथा आवातजावात सहजीकरणका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य वस्तुको आपूर्तिको जानकारीका लागि श्रीराम घिमिरे, उत्पादन...