निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने निर्णय गर्यो। आयोगको यस निर्णयबाट उत्साहित थुप्रै नयाँ मतदाताले अनलाइनबाटै विवरण भर्ने कोसिस पनि गरे। तर, धेरै निराश भए। यिनैमध्येकी हुन्, काठमाडौँ महानगरपालिका-११ थापाथलीकी ग्रीष्मा पौडेल। “हिजो दिनभरि एनआईडीको नम्बर हालेर नाम लेखाउने कोसिस गरे पनि भएन,” उनले भनिन्, “एक हप्ताअघि […]