काठमाडौँ। एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आज (आइतबार) भारतको चेन्नई प्रस्थान गरेको छ। टोलीमा खेलाडीसहित ३६ जना सहभागी छन्। नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। खेलाडीमा गिर्वाणविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, […]