एनपीएलमा २४ अर्धशतक‚ माज सदाकत बने २०औँ खेलाडी

काठमाडौँ। जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतक बनाउने २०औँ खेलाडी बनेका छन्। उनले आज चितवन राइनोजकाविरुद्ध २४ बल खेल्दै तीन छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन्। यसअघि आजै जनकपुरविरुद्ध पहिलो इनिङमा चितवनका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन साउँदले पनि अर्धशतक प्रहार गरेका थिए। जारी प्रतियोगितामा हालसम्म अर्धशतकको सङ्ख्या […]