मन्त्री कुलमान घिसिङद्वारा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन

काठमाडौँ। काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन्। काठमाडाैँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन् । बन्चरेडाँडाका स्थानीयले यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँको फोहोर उठ्न सकेको छैन।