एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ। नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो। फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५-२५ रनको योगदान गरे […]