कप ३० सुरु : भूमिका बढाउँदै नेपाल

बेलेम, ब्राजिलबाट। जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरूको ३०औँ सम्मेलन ‘कप ३०’ सोमबारबाट ब्राजिलमा सुरु भएको छ। अमेजनका जंगल र नदीको देश ब्राजिलको बेलेममा दुई साता (१०-२१ नोभेम्बर) चल्ने बैठकमा जलवायु संकटसँग जुध्न महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा छ। सम्मेलनमा महासन्धिका पक्षराष्ट्रका उच्चस्तरीय टोली, सरोकारवाला, नागरिक समाज, व्यवसायी, अनुसन्धातालगायत करिब ५० हजार जना सहभागी हुने […]