उचाइको रोग: 'मलाई केही हुँदैन' भन्ने सोचले हिमालमै ज्यान जाने खतरा

लेक लाग्नु भनेको उचाइमा अक्सिजनको मात्रा कम हुँदा शरीरले अनुकूलन गर्न नसक्नु हो। यसले ‘पार्सियल प्रेसर' घटाउँछ, जसका कारण शरीरमा अक्सिजनको आपूर्ति पर्याप्त हुँदैन। विशेषगरी ती व्यक्तिहरूलाई जोखिम हुन्छ, जो समुद्री सतहबाट चाँडै उचाइमा पुग्छन्।