पार्टी अध्यक्षमा ओली नै सर्वसम्मत : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन् ।शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकोले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहे

सम्बन्धित सामग्री

ताप्लेजुङबाट योगेश भट्टराई दोस्रोपटक विजयी

नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँ २०७४ सालमा पनि निर्वाचित हुनुभएको थियो । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिनुभएको हो । भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले …

ताप्लेजुङमा योगेश भट्टराई विजयी

काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । मतपरिणामबारे औपचारिक घोषणा हुन बाँकी छ ।

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।

४८३ मतले योगेश भट्टराई पछि परे

ताप्लेजुङमा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका योगेश भट्टराई  ४८३ मतका साथ पछि परेका छन् । यस्तै माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ३०६६ मत पाएका छन् भने भट्टराईले २५८३ मत पाएका छन् ।

खेलप्रसादसँग पछि परे योगेश भट्टराई

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् । एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् । मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

ताप्लेजुङमा योगेश भट्टराई पछि परे

काठमाडौं : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन्। पछिल्लो मतगणनाअनुसार भट्टराई ५६२ मतसहित पछि परेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ७५५ मतसहित अग्र स्थानमा छन्।

योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ । बिगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना हुनुभएको हो । ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।