हावाहुरीले त्रिशुली नदीमा निर्माण भइरहेकाे पुल भत्कायाे

धादिङ - शनिवार साँझको हावाहुरीले त्रिशुली नदीमाथिको निर्माणाधिन पक्की पुल भत्काएकाे छ ।धादिङको गल्छी गाउँपालिका-२ केउरिनीटारबाट-४ मास्टारमा बन्दै गरेको पक्की पुल भत्किएको हो ।पृथ्वी राजमार्ग जोड्ने पुलको ढलानका लागि ठिक पारिएको ट्रस हावाले उडाएपछि निर्माण कार्य तत्कालका लागि रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । अबको एक महिनाभित्र गाडी सञ्चालन गर्ने गरी तीन वर्ष अघिदेखि पुल बनाउन सुरु गरिएको थियो ।