गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । धनगढीमा आज आयोजित छलफल कार्यक्रममा उनले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताए ।उनले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन