भारतका दिग्गज अभिनेता दिलिप कुमार (९८) को आइतबार अचानक स्वास्थ्य खराब भयो । उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो । उनको घरमा नै उपचार भइरहेको थियो । आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।दिलिप कुमारका आफन्त बशिर कोलोम्बोवालले बीबीसी हिन्दीसँगको कुराकानीमा उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।उनले भने, ‘उनलाई सास फेर्न गाह्रो भइरहेको थियो त्यसै