धरानमा औद्योगिक ग्राम निर्माण अन्योलमा

धरान (अस) । दुई वर्षअघि नै धरानमा बनाउने भनिएको औद्योगिक ग्राम स्थानीय सरकारको पहल नहुँदा अन्योलमा रहेको छ । स्थानीय स्रोत, शीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न निर्माण प्रक्रिया थालिएको औद्योगिक ग्रामले गति लिन सकेको छैन । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’को राष्ट्रिय लक्ष्य अनुरूप धरानमा २०७६ पुसदेखि ग्राम निर्माण प्रक्रिया अघि बढेको थियो ।  धरान उपमहानगरपालिका–६ पानबारीको सेहरा खोला पश्चिमतर्फ औद्योगिक ग्राम निर्माणको प्रस्ताव गरिएको थियो । सरकारको नीति अनुसार तत्कालीन स्थानीय तहबाट जग्गा उपलब्ध गराइएको थियो । सरकारले औद्योगिक ग्राम बनाउन दिएको ९२ लाख रुपैयाँ बजेटले जग्गाको संरक्षण गर्न खोलामा तटबन्ध लगाउने काम सकिएको छ । तर स्थानीय सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा ढिलाइ गर्दा औद्योगिक ग्रामको अन्य काम अघि बढ्न सकेको छैन । सरकारको नीति अनुसार डीपीआर स्थानीय तहले नै बनाउनुपर्ने थियो । तर दुई वर्षसम्म पनि डीपीआर बन्न नसक्दा निर्माणमा समस्या भएको हो । धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख सुरज श्रेष्ठका अनुसार १५ दिनअघि मात्र डीपीआर तयार भएको छ । डीपीआरका अनुसार औद्योगिक ग्राम कुल २१ बिघा ११ कट्ठा ३ धुर जग्गामा बन्ने भएको छ । ९७ ओटा प्लटमा जग्गालाई विभाजन गरी ३४ करोड ४१ लाख १८ हजार बजेट (अनुमानित)मा निर्माण गरिनेछ । रकम अभावका कारण काम अघि बढ्न नसकेको श्रेष्ठले बताए । ‘अहिले रकम अभावले काम अघि बढ्न सकेन, आगामी बजेटबाट यसले निरन्तरता पाउँछ, डीपीआर बनिसकेकाले काम अघि बढ्छ ।’ सरकारले देशका सातै प्रदेशमा औद्योगिक ग्राम बनाउने योजना अनुसार तत्कालीन कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीको पहलमा औद्योगिक ग्राम बनाउने निर्णय भएको थियो । तर उपनिर्वाचनपछि आएको स्थानीय तहको नयाँ नेतृत्वले थप पहल नगर्दा निर्माणले गति लिन नसकेको हो । २०७६ असोज ७ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णय अनुसार देशभरका ३२ स्थान औद्योगीक ग्राम बनाउने निर्णय भएको थियो । संघ र प्रदेश सरकार दुवैको नीति र कार्यक्रममा सबै स्थानीय तहमा ग्राम बनाउने उल्लेख छ । स्थानीय तहले जग्गाको टुंगो लगाएपछि संघ र प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्छन् । ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रदर्शनी, विक्री, भण्डारण कक्ष लगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ ।

सम्बन्धित सामग्री

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण अलपत्र

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले केही समयअघि औद्योगिक ग्राम निर्माणका लागि जग्गा तयारी अवस्थामा राखेको छ । जग्गा अतिक्रमण तथा किनबेच गरेकाहरुबाट समेत उपमहानगरपालिकाले जग्गा फिर्ता ल्याए पनि अहिले त्यो जग्गा अलपत्र अवस्थामा छ ।  वडा नं १६ मा पर्ने ग्वारखोला किनारमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिका बैठकले निर्णयसमेत गरेको थियो । अघिल्लो सरकारले औद्योगिक ग्रामका लागि […]

औद्योगिक ग्राम निर्माण सुस्त

कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो । सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, […]

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौँ,१२ माघ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिकग्राम निर्माण सुरु गरिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ देखि […]

औद्योगिक ग्राम निर्माण सुस्त

काठमाडौं, मंसिर २५ । औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रम आएको चार वर्ष भए पनि प्रगति न्यून रहेको छ । हालसम्म १०५ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिए पनि तिनको प्रगति भने सुस्त रहेको हो । पछिल्लो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मागेको प्रगति विवरणमा २६ वटा स्थानीय तहले मात्रै औद्योगिक ग्रामको प्रगति विवरण […]

सूर्यविनायकको गुण्डुमा वृहत औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौँ,२३ जेठ । सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । स्थानीय सार्की खोल्छा नामबाट चिनिने सो स्थानमा रहेको ८४ रोपनी सार्वजनिक जग्गा र स्थानीयवासीको करिब एक हजार रोपनी जग्गामा विशाल औद्योगिक ग्राम निर्माण गर्न लागिएकोे हो । वडा कार्यालय अगाडिकै क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि नेपाल सरकारसँग प्रस्ताव गरिएकामा तत्कालीन […]

औद्योगिक ग्राम निर्माण गर्न मन्त्रालयसँग सम्झौता

धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गर्नका लागि महालक्ष्मी नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको छ ।महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको […]

११ नयाँ औद्योगिक ग्राम घोषणा

सरकारले थप ११ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । दुई वर्षअघि घोषणा गरिएका औद्योगिक ग्राम निर्माण नभई सरकारले थप औद्योगिक ग्राम बनाउने घोषणा गरेको हो ।हालै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्लामा ११ वटा औद्योगिक ग्राम बनाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नयाँ घोषणा गरिएका […]

धनकुटामा औद्योगिक ग्राम निर्माण प्रक्रिया तीव्र गतिमा

संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको बहु वर्षीय योजनाअन्तर्गत गत मंसिर महिनाबाट पहिलोचरणको औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिएका हो।...

एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी

सरकारले स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यलाई तीव्रता दिने भएको छ। साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी गरेको हो।...

५४ करोड लागतमा औद्योगिक ग्राम निर्माण हुँदै

धनकुटा, बैशाख २६। धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । संघीय सरकारको ‘एक स्थानीय तहः एक औद्योगिक ग्राम’ नीति अनुसार नगरपालिकाको वडा नं ७ राम्चेडाडामा ११७ रोपनी क्षेत्रफल जग्गामा उद्योग मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत निर्माण सो औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्रामको संघीय सांसद राजेन्द्रकुमार […]