'आयात कडाईको नाममा राष्ट्र बैंक उल्टो बाटोमा हिड्यो, हामी डुब्दा साहु र बैंक पनि संगै डुब्छन्'

नेपाल राष्ट्र बैंकले वस्तुको आयातमा थप कडाई गरेकोप्रती आयातकर्ताहरु रुष्ट भएका छन्। बैंकिंङ प्रणालीमा निक्षेप बढाउने र बिदेशी मुद्रा संचिति बढाउने नाममा नेपाल राष्ट्र बैंक उल्टो बाटोमा हिँडेको उनीहरुले आरोप लगाएका छन्। आयातमा थप कडाई गर्ने राष्ट्र बैंकको नीतिले नेपालको अर्थतन्त्रमा देखिएको वर्तमान समस्याको समाधान नहुने आयातकर्ताहरुको भनाई छ। बरु उल्टै यसले अहिलेका व्यवसायीहरु पलायन हुने र राजश्वमा पनि ठुलो असर पर्ने उनीहरुको भनाई छ। उपभोक्ताले उपभोग गर्ने बानिमा कटौती नहुने तर प्रणालीबाट आयात गर्न कठिनाई हुँदा 'कालोबजार' ले प्रोत्साहन पाउने उनीहरुको दाबी छ। सरकारले हिजो १८ वटा बस्तुमा कडाई गर्दादेखि मौलाएको 'कालोबजारी' अहिले ४१ प्रकारका बस्तुमा थप कडाई गर्दा अवस्था झनै चिन्ताजनक बनेको उनीहरुको भनाई छ। नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको बस्तुगत एसोसिएट उपाध्यक्ष तथा नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले राष्ट्र बैंकको कदमले आफुहरु बजार छाडेर अब गाउँघर जाने अवस्था आएको बताउँछन्। उनि भन्छन्, 'राष्ट्र बैंकको निर्णयले हामीहरु अप्ठ्यारो अवस्थामा पुगेका छौं, बजारमा पैसा पनि उठ्दैन, साहु र बैंकको ऋण पनि तिर्न सक्ने अवस्था पनि छैन, अब भएको व्यवसाय पनि छाडेर गाउँघर तिर जाने अवस्था बन्यो।' उनले एक उदाहरण दिंदै भने, हिजो ३ करोडको ब्यापार गर्ने व्यवसायीको बजारमा ७ करोड बराबरको पैसा उठ्न बाँकी थियो, तर आज राष्ट्र बैंकको निर्णयले ब्यापार ५० लाखमा झरेको छ, तर बजारमा उठाउनु पर्ने पैसा ७ करोड नै छ। यस्तो अवस्थामा हामि व्यवसाय छाडेर हिड्नुको विकल्प छैन।आयातमा कडाईको नाममा राष्ट्र  बैंक उल्टयो बाटोमा हिंड्यो आयात कडाईको नाममा राष्ट्र बैंक उल्टयो बाटोमा हिडेको उनको आरोप छ।  आयातकै कारण बिदेशी मुद्रा संचिति र तरलतामा दबाब परेको भन्ने राष्ट्रबैंकको निष्कर्ष हो भने अहिलेको कडाई समाधान नभएको उनको दाबी छ। राष्ट्र बैंकले अधिकांश बस्तुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेपनि बैकहरुले केहि दिनको मात्रै एलसी खोल्ने गरेकाले यसले तरलतामा परेको दबाब समाधान नहुने उनको भनाई छ। उनि भन्छन्, 'बरु बैंकहरुले लिंदै आएको ०-१० प्रतिशतसम्मको नगद मार्जिनलाई बढाएर ३०-४० प्रतिशत पुर्याएको भए र एलसी को अवधि कम्तिमा पनि ४५ दिन हुनुपर्ने व्यवस्था गरिदिएको भए यसले आयातमा थोरै भएपनि कमि आउंथ्यो र बैंकिंङ प्रणालीमा पनि तरलता जम्मा हुन्थ्यो तर राष्ट्र बैंकले गर्नुपर्ने काम नगरेर उल्टयो बाटो रोज्यो।'अहिले आयातमा कडाई गर्ने राष्ट्र बैंकको नीतिले बजारमा पैसाको सर्कुलेशन बिग्रिएको र यसले हिजो राज्यले पाउँदै आएको राजश्व पनि गुम्ने खतरा बढेको उनको भनाई छ। उनि भन्छन्, 'शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा तथ्यांकमा आयातमा कमि आएको देखिनेछ र यसले राष्ट्र बैंकलाई खुसि देला तर यथार्थमा तथ्यांकमा घटेको आयात 'ग्रे मार्केट' अर्थात् कालोबजारले पूर्ति गर्नेछ, प्रणाली भित्र रहेर सामान आयात नहुँदा राज्यले राजश्व गुमाउने निश्चित छ, त्यसैले आयातकर्ता र राज्यलाई नोक्सानी हुनेगरि निर्णय गरेर राष्ट्र बैंक उल्टो बाटोमा हिंडेको देखिन्छ।'यता नेपाल राष्ट्र बैंकले भने आयातमा कडाई गर्ने निर्णय अल्पकालिन भएको बताउंदै आएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले यो निर्णय अल्पकालीन भएको बिजपाटीसंगको कुराकानीमा बताएका छन्। 'आयातमा कडाई गर्ने निर्णय परिस्थितिले सिर्जना गरेको अवस्था हो, यो दिर्घकालिन निर्णय होइन, वर्तमान अवस्थालाई अध्ययन गरेर नै राष्ट्र बैंकले यो निर्णय लिएको हो' प्रवक्ता भट्ट भन्छन्,'आवश्यकता अनुसार राष्ट्र बैंकले आफ्नो निर्णय परीवर्तन गर्नेछ, नेपालमा उत्पादन नहुने तर नेपाली जनताले उपभोग गर्ने बस्तु तथा सेवामा संधै कडाई गर्न सकिदैन भन्ने कुरामा राष्ट्र बैंक स्पष्ट छ।     राष्ट्र बैंकले विभिन्न ४१ प्रकारका वस्तु आयात गर्दा अनिर्वाय सय प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको छ। त्यस्तै ६ प्रकारका वस्तुमा अनिर्वाय ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको छ। यस अघि राष्ट्र बैंकले विभिन्न २० प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको थियो। अब भने थप वस्तुमा मार्जिनको ब्यबस्था गरिएको हो ।  अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यबस्था गर्नु पर्ने छ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ ।  राष्ट्र बैंकले हर्मोनिक कोड अनुसार आयातमा कडाई गरेका सुची सार्वजनिक गरेको छ  । चुरोट, सुर्ती, परफ्युम, टोइलेट पेपर्स लगायतका सामानहरु यस भित्र पर्दछन्  । उल्लिखित मार्जिन रकम नगदका अतिरिक्त चल्ती/बचत/कल निक्षेप खाता खर्च (Debit) गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिनेछ । मार्जिन रकममा ब्याज प्रदान गर्न पाइने छैन । मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह (स्वेदशी मुद्रामा समेत) गर्न पाइने छैन । यस्तो मार्जिन रकम कायम गरेको हकमा  धरौटीको अतिरिक्त हुनेछ। उल्लिखित वस्तुहरु प्रतीतपत्रमार्फत् मात्र आयात गर्न पाइनेछ । उल्लिखित वस्तुहरु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दाकै अवस्थामा लिनु पर्नेछ र आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकम समेतलाई प्रयोग गर्न सकिनेछ। नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरुले गर्ने आयातमा तथा वाणिज्य बैंकहरुले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ बमोजिम आयात गर्ने सुनको हकमा यो व्यवस्था लागू हने छैन। उद्योगहरुले आफ्नै प्रयोजनका लागि उद्योग स्वयम्ले आयात गर्ने कच्चा पदार्थको हकमा यो व्यवस्था लागू हुने छैन। औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा यो व्यवस्था लागू हुने छैन । यस सम्बन्धमा आयातकर्ताबाट सोको स्वःघोषणा अनिवार्य रुपमा लिनु पर्नेछ।हार्मोनिक कोड ८७०३ र ८७११ भएका वस्तुको हकमा शत् प्रतिशत विद्युतीय भए यो व्यवस्था लागू हुने छैन । हार्मोनिक कोड ९४०३.२०.१० र ९४०३.७०.१० का भएका वस्तुको हकमा यो व्यवस्था लागू हुने छैन।

सम्बन्धित सामग्री

मेरो बैंक खाता

वर्षौं, महीनौं मात्र हैन, अहिले पनि खल्ती पूरै खाली भएको साता छ । तर, मसँग पनि एउटा बैंक खाता छ । खातामा पैसा नभए पनि बैंकले हरेक वर्ष खाता नवीकरण गर भन्छ । म नवीकरण गर्छुु । बैंकले हजुरबाउ, बाउको नाम लेख भन्छ । म लेखेर पठाउँछु । फेरि अर्को वर्ष पनि बैंकले बाउ र हजुरबाउको नामसहित केवाईसी भर्न लगाउँछ ।  म भन्छु– म मान्छे उही, मेरा बाउ र हजुरबाउ त हरेक वर्ष फेरिन्नन् । फेरि यो झन्झट किन ? बैंक भन्छ– ‘यो डिजिटल बैंकिङको युग हो, त्यो फर्म त भर्नैपर्छ ।’ म लाचार हरेक वर्ष खाता नवीकरण गराउँछु, बाउबाजेको नाम फेरि भराउँछु । तपाईं नसोध्नुहाला कि त्यो कुन बैंक हो भनेर । बैंकको नाम भनेर म आफ्नो र बैंकको नाक कटाउन चाहन्न । मेरो, यसकारण कि मेरो खातामा दाम छैन । बैंकको त्यसकारण कि म जस्तो खाली खल्तीवालाको खाता खोलिदिएकै किन होला जसको कुनै काम छैन ।  खैर, मैले त श्रीमतीजीको आग्रह अस्वीकार गर्न नसकेर बैंक खाता खोल्न स्वीकार गरेको थिएँ । उनको भनाइ थियो, ‘कतै बाटामा हिँडेकालाई पनि तानेर मन्त्री, मुख्यमन्त्री बनाउने आजको जमानामा भाग्यमा सत्ता पल्ट्यो भने देश सेवाबापत बैंक खातामा ह्वात्तै पैसा आउन के बेर ?’ यतिखेर मसँग बैंक खाता त छ, तर त्यसको पेट खाली छ । कुनै मन्त्री, सरकारी हाकिम, ठेक्कापट्टावालाले विदेशी बैंकमा राख्नुको साटो मेरा खातामा पनि केही लाख रुपियाँ राखिदिए भने त उनीहरूको विदेश आउने–जाने खर्च जोगिन्थ्यो । अझ हाम्रो सरकारको कोपभाजनमा परेर त्यो देशले पैसा जफत गर्ने जोखिमबाट उनीहरू बच्न सक्थे भने मेरो बैंक खाताको पनि इज्जत बच्थ्यो । बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो । अझ कतिपय उदार बैंकहरूले त आफै पैसा हालिदिएर पनि बैंक खाता खोलिदिएका थिए । त्यो खातामा पछि पैसा थपिए कि थपिएनन् थाहा भएन । के चैं थाहा छ भने धेरै नेपालीका एकभन्दा धेरै बैंकका खाता छन् । त्यै तथ्यांक देखाएर कत्तिले आफ्ना दुना पनि सोझ्याएका होलान् । त्यसो त अहिले मसँग धेरैओटा बैंक खाता खुलेका छन् । तपाईं सोध्नुहोला, ‘कहाँबाट ल्याउनुभयो पैसा त्यति धेरै बैंकमा खाता खोल्न ? चिठ्ठा–सिठ्ठा पर्‍यो कि अपुताली सर्‍यो ? ससुरालीतिरबाट पैसा झर्‍यो कि ठेक्कापट्टा हात पर्‍यो ?’  खासमा त्यस्तो केही भएको छैन । हरेक दिन बैंकहरूबाट मीठो स्वरका धनी बैनीहरूले म गरीबलाई पनि फोन गर्छन् । भन्छन्, ‘सर, जिरो ब्यालेन्समा पनि हुन्छ, हाम्रो बैंकमा खाता खोल्नुस्, राम्रो इन्टे्रस्ट पाइन्छ ।’ म पनि भन्छु, ‘यसरी नै मीठो बोल्दै जानुस्, मलाई यसै इन्ट्रेस्ट आइराछ ।’ यै मिठो स्वरको चक्करमा एक दर्जन बैंकमा मेरो खाता खुलेछ । अहिले फेरि बैंकहरूबाट फोन आउन थालेको छ, ‘तपाईंको बैंकमा ब्यालेन्स जिरो भएकाले पैसा राख्नुहुन्छ कि खाता बन्द गर्दिम्’ । म भने तनावमा छु, न पैसा हुने भयो, न खाता नम्बर नै । कमसे कम पैसा नभए पनि मेरो पनि बैंक खाता छ भन्ने सुख त थियो ।  कतै बाटामा हिँडेकालाई पनि तानेर मन्त्री, मुख्यमन्त्री बनाउने आजको जमानामा भाग्यमा सत्ता पल्ट्यो भने देश सेवाबापत बैंक खातामा ह्वात्तै पैसा आउन के बेर ? बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो । हुन त भाग्यले साथ दियो भने खातामा पैसा आउन पनि के बेर ! देख्नुभएकै छ नि हाम्रो देशमा कत्ति बेरोजगार, रोडपतिहरू राजनीतिमा हाछ्युँ गरेकै भरमा कसरी रातारात करोडपति भए । कति भाषण गरेकै भरमा, टिभीमा स्वर सुक्नेगरी फुकेकै भरमा देशमा के के भए भए । के था म पनि बालुवाटारतिरबाट सिंहदरबारतिर तानिन सक्छु, ताननीय बन्न सक्छु, माननीय बनाइन सक्छु । जसको बाउले जीवनमा धान वा मकैका लाखवटा दानासम्म देखेन, उसले करोडौंका दामका गड्डी गन्न पाउन सक्छ भने मेरो पनि कुनै दिन, दिन खुल्यो भने रिनमुक्त भएर धनयुक्त बन्न सक्छु । अर्को यो पनि सम्भावना छ कि कुनै दिन कुनै छिमेकी आएर ‘मदनजी, केही करोड रुपियाँ तपाईंको बैंक खातामा राखिदिनुपर्‍यो । किनकि मेरो घरमा सिआईबीले छापा मार्ला जस्तो छ । पछि १० प्रतिशत तपाईंको भागमा’ भन्न सक्छन् । किनकि मेरा छिमेकीहरू सत्ताधारी राजनीतिक पहुँचका मान्छे पो हुन् त ! एयरपोर्टमा चिन्दै नचिनेको मान्छेको खल्तीमा पचास पचास ग्राम सुन सित्तैमा हालिदिने सामान्य कुरा भएको देशमा कसैले खातामा पैसा हालिदिने कुरा असम्भव पनि त छैन ।  तर यो सम्झेरै यो चैतको गर्मीमा पनि मलाई काँप छुट्छ । अनि मनमा के के फुर्छ फुर्छ । सोच्छु, बेइमानीको कुनै रुपियाँभन्दा त इमानदारीको खाली हात नै प्यारो छ । जीवनरूपी यो सफा कागजलाई केका लागि कलंकित बनाउनु र ? जीवनको उत्तरार्धमा नर्क किन पो धाउनु र ?  त्यसैले यो बैंक खाता बन्दै गरिदिम् न त भनेर बैंक गाको त धन्नै बेहोस भाको । यो ल्याउनुस् र त्यो ल्याउनुस् भन्छन् । खोल्न सजिलो, चलाउन गाह्रो, बन्द गर्न त महा गाह्रो पो रहेछ । नेपालमा उद्योगधन्दा खोल्न सजिलो, बन्द गर्न महाभारत भन्ने सुनेको थिएँ । त्योभन्दा गाह्रो त बैंक खाता बन्द गर्न पो रहेछ । अझ बैंकको कुनै सेवा चाहिएन भनेर बन्द गर्न जानुस् त अनि देख्नुहुन्छ बाउको बिहे । अहिलेको जमानामा बैंक खाता नभै पनि नहुने, खाता भएर पनि खातामा राम्रै पैसा नभै नहुने । पैसा भने कमाउनै नसकिने । हैन, यो पैसा भन्ने चिज यस्तै हो कि मलाई मात्र यस्तो हँ ? यो पैसाले गर्नु गर्‍यो नि !

कुमारी बैंक र एनसीसी बैंक मर्जरपश्चात् कुमारी बैंक लिमिटेडको नामबाट कारोबार हुने

कुमारी बैंक लिमिटेड नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) १ः१ शेयर अनुपातमा मर्जर भई बन्ने बैंक कुमारी बैंक लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिँदै

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ः१ शेयर अनुपातमा गाभिने भएका छन्। गाभिएपछि यसलाई कुमारी बैंक लिमिटेडकै नामले सञ्चालन गरिने भएको छ।...

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता मंगलबार सम्पन्न भएको हो। दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका...

दुई ठूला बैंक ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

काठमाडौं । देशका दुई ठूला बैंक ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट बिहीबार बिहान मर्जरको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो । मर्जर सहमति पत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले […]

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा […]

एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल

काठमाडौं, १५ मंसिर । एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बनेको छ।  बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो। ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड बैंकले पाएको छ। लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो। एक शाखा र ३५ कर्मचारीबाट बैंकिङ्ग सेवा शुरु गरेको बैंकले १३ […]

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

नेपालको अग्रणी अनलाइन बजार, दराजले तीन प्रमुख नेपाली बैंक माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरेर बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशत ५०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् । यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल […]