प्रधानन्यायाधीश जबराले कानमा तेल हालेर बस्नाले आन्दोलन लम्बिएको हो:- अध्यक्ष, श्रेष्ठ

काठमाडौं। प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले मंंगलबार पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन्। उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप लगाएका छन्।