अविश्वासको प्रस्ताव आउने डरले गण्डकीमा रातारात प्रदेशसभा अधिवेशन अन्त्य

काठमाण्डाै - मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको छ । हिजो राष्ट्रिय जनमोर्चाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि सरकार अल्पमतमा परेको थियो । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेकामा मध्यरातमै अधिवेशन अन्त्य गरिएको हो । ६० जना...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल / लुम्बिनी प्रदेश कामचलाउ सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेकाे छ । कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषदको बैठक राखेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको बुझिएकाे छ । अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो । The post लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on Purbeli News.

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बाबजुद  नेपाली कांग्रेस, …

बीना जानकारी मध्यरातमा गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकी प्रदेश सरकारले बीना जानकारी मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य भएको घोषणा गरेको छ । चार दलले आज संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, त्यो अगावै...