तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा १५ घाइते भएका छन् । दमौलीबाट भिरकोटतर्फ जाँदै गरेको ग१ज ७६०० नम्बरको जीप सडकबाट ७० मिटर तल खस्दा भएको दुर्घटनामा परी व्यास नगरपालिका–५ बस्ने २५ वर्षीया मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । निजलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ऋषिङ गाउँपालिका–२ बस्ने २६ वर्षीया रुपा थापा, निजका