प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको बहस सकियो

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलकाे तर्फबाट बहस सकिएको छ । बिहीवारकाे बहसको पहिलो एक घण्टा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारी वकिललाई समय दिनुभएको थियो । बहसका क्रममा प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीलाई संविधानले राजा र राणा प्रधानमन्त्रीलाई जत्तिकै अधिकार दिएकाले प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा विघटनको विरुद्धमा परेको रिट नै खारेजीको माग गर्नुभएको छ । यस्तै अर्का वकिल धर्मराज रेग्मीले प्र...