बलिउड अभिनेता आमिर खानको फिल्म ‘लगान’मा इश्वर काकाको भूमिकामा अभिनय गर्ने कलाकार श्रीवल्लभ व्यासको जयपुरमा निधन भएको छ । श्रीवल्लभ कैयौं वर्षदेखि उच्च रक्तचापबाट पीडित थिए । उनलाई प्यारालाइसिस पनि भएको थियो । लामो समयदेखि अस्वस्थ रहेका उनले आइतबार जयपुरमा अन्तिम सास फेरेका हुन् ।