सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक

२१ माघ, काठमाडौं । बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको बहुचर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ । अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । ट्रेलर रिलिज भएसँगै ‘गंगुबाई काठियावाडी’लाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् । […]