ओलीविरुद्ध अविश्वास प्रस्ताव : तत्काललाई ‘च्याप्टर क्लोज !’

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक किचलोका कारणले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरुद्धको अविश्वासको प्रस्ताव अन्योलमा परेको छ। कांग्रेस र माआवादी केन्द्रको संयुक्त मोर्चाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लाने तय भए पनि जसपाको विवादले अघि बढ्न सकेको छैन। जसपाको विवादले पार्टी फुटको संघारमा पुगेको हुनाले तत्कालका लागि अविश्वासको प्रस्तावको च्पाप्टर क्लोज भएको छ। ओलीको सरकारलाई निरन्तरता दिने वा बहिर्गमन गरेर नयाँ सरकार बनाउने भन्ने विषयमा विवाद भइरह्यो। तर, लुम्बिनी प्रदेशको मुख्...