राणाले अध्यक्षता गरेको बैठकमा वरिष्ठतम् न्यायाधीश कार्की सहभागी, टुंगिएको हो न्यायाधीशहरूको भद्र अवज्ञा ?

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यक्षता गरेको न्याय सेवा आयोगको बैठकमा उपस्थित भएका छन् । चोलेन्द्रसँग बेञ्च शेयर र कुनै औपचारिक फोरममा सँगै उपस्थित नभएका कार्की न्याय सेवा आयोगको बैठकमा सहभागी भएपछि सर्वोच्चको भद्र अवज्ञा आन्दोलन एक हिसाबले अन्त्य भएको देखिएको छ । कार्कीसहित सर्वोच्चका कुनै पनि न्यायाधीशले लामो समयदेखि जबरासँग बेञ्च वा औपचारिक फोरम शेयर गरेका थिएनन् । आयोगको आजको बैठकले न्याय सेवाका उपसचिव र सहसचिव तहका कर्मचारीको बढुवाका लागि सिफारिश गरेक...