वैदेशिक रोजगारीले सृजना गरेको आघातजन्य समस्यामा मनोपरामर्शकर्ताको भूमिका

मानिस विदेश किन जान्छ ? सबैको उत्तर प्रायः एउटै हुन्छ, कमाउन र जमाउन । अझ विस्तृतमा भन्दा अहिले आफूले भोगेको जीवनभन्दा राम्रो वा सहज तरिकाले आफू तथा परिवारको दैनिक आधारभूत आवश्यकता सहज रूपमा पूरा गर्न । वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिने प्रत्येक नेपालीहरूको सपना यही हुन्छ । परिवारले पनि आफ्नो मान्छे विदेश गएपछि राम्रो हुन्छ भन्ने सपना बुनेका हुन्छन् । तर सबैको योजना र सपना पूरा हुँदैन । कमाउन गएका कतिपयको प्राण परदेशमै निभ्छ । कोही दीर्घ रोगी भएर घर फर्कन्छन् त कोही अङ्गभङ्ग भएर फर्किएका छन् ।  कमाउन गएको मा...