मोरङ–४ मा मोदी भर्सेस ढकाल : ६ स्वतन्त्रसहित १६ जना उम्मेदवार

मोरङको–क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार बनेका छन् । यस्तै एमाले गठबन्धनका तर्फबाट सो क्षेत्रमा एमाले नेता विनोद ढकाल उम्मेदवार बनेका छन् । राप्रपाका रवि रिजाल, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नवीनकुमार विश्वास, मंगोल अर्गनाइजेसनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस (बि.पी)बा