बागमती प्रदेशसभा बैठक चैत अन्तिम साता

हेटौंडा । बागमती प्रदेशसभा आगामी चैत अन्तिम साता बस्ने भएको छ । बैठकको मिति तय गर्न शुक्रबार बागमती प्रदेशसभा सचिवालयमा कार्य परामर्श समितिको बैठक बोलाइएको छ ।बैठक दिउसो १ बजे बस्ने जनाइएको छ । बिहिबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा विभिन्न समितिका सभापतिहरूको बैठकले प्रदेशस...

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य

बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गर्नुभएको हो । मन्त्रिपरिषद्बाट मंगलबार पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको …

बागमती प्रदेशसभा बैठक सुरु

काठमाडौँ- बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक अपराह्न १ बजेदेखि सुरु भएको हो । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा यसअघि बसेको प्रदेशसभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको बताए । उनले आजको […]

एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरुलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प

बागमती प्रदेशसभा बैठक आज बस्दै

८ चैत, मकवानपुर । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, […]

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

हेटौंडा– बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ। बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए। उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो। प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको […]

बागमती प्रदेशसभा बैठक अनिश्चित, कानुन निर्माण ठप्प

मकवानपुर । सत्तापक्ष र प्रतिपक्षबिचको विवादका कारण बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा प्रदेशमा आवश्यक कानुन निर्माण ठप्प छ ।बागमती प्रदेशमा विगत एक वर्ष अघिदेखि प्रदेशसभा बैठक प्रभावकारी रूपमा अघि बढ्न नसकेको हो । त्यस यता प्रदेशसभाबाट कानुन निर्माण प्रक्रिया लगभग ठप्प छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन सरकारको कदमविरुद्ध पाँच दलीय गठबन्धनले संघर्ष गरेको थियो । बागमती प्रदेशमा पनि त्यसको प्रभाव स्वाभाविक रूपमा परे

बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । ३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । गत असार २८ गते  प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।  चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदे

बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुद्वारा फेरि बहिष्कार

बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिष्कार गरेका छन् । आइतबार मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षीहरुका प्रश्नबारे जवाफ दिएपछि सुरु भएको प्रदेशसभा बैठक चल्दै गर्दा विद्युत अवरुद्ध भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भोलिका लागि आह्वान गर्न माग गरेका थिए । सभामुखले बैठक जारी राख्ने बताएसँगै विपक्षी दलहरुले बैठक बहिष्कार गरेका हुन् ।विपक्षी दलहरुले बहिष्कार गरे पनि सभामुख श्रेष्ठले बैठक सञ्चालन गरेका छन् । विपक्षी दलका तर्फबाट खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका

चैत २४ मा बागमती प्रदेशसभा बैठक बस्ने

हेटौंडा । बागमती प्रदेशसभा बैठक चैत २४ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै चैत २४ गते मंगलबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरम