काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भूगोल तथा आरक्षणतर्फ बिभिन्न आठ जना केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।बागमती प्रदेशतर्फ खुला दुई केन्द्रीय सदस्य, प्रदेश १ मा खुल्ला दुई तथा महिला एक केन्द्रीय सदस्य, मुस्लिम दुई खुल्ला तथा महिला एक केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको हो। याे गणना सकिएसँगै खसआर्य, आदिवासी जनजाति तथा दलिततर्फकाे केन्द्रीय सदस्यकाे मत गणना सुरु भएकाे छ।