अर्थमन्त्री शर्मा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। उनले बिहीबार सिंहदरबार स्थित अर्थमन्त्री शर्मालाई भेटेका हुन्। नेकपा माओवादीका तर्फबाट शर्माले तीन दिन अघि अर्थमन्त्रीका रुपमा शपथ खाएका थिए।