आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् ।सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक÷मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा