पेट्रोलियम डिलर्स एशोसिएसनको साधारणसभा सुरु हुँदै, अध्यक्षमा प्रधान र श्रेष्ठबीच प्रतिस्पर्धा

२० चैत, काठमाडौं ।  पेट्रोलियम व्यवसायीहरूको राष्ट्रिय संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं साधारणसभा आजबाट सुरु हुँदै छ । साधारणसभाले एशोसिएसनको नयाँ नेतृत्व पनि चयन गर्ने छ । एशोसिएसनको साधारणसभाको उदघाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार बिहान सोल्टी होटलमा गर्दैछन् । उदघाटन समारोह सकिएपछि शुक्रबार दिउँसो दुई बजेबाट बन्दसत्र सुरु हुने […]