बिक्रीका लागि राखिएको ढाका टोपी

असन बजारमा बिक्रीका लागि राखिएको ढाका टोपी । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी उपहार दिने चलन छ । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

सम्बन्धित सामग्री

टाेपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण

१३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्नेगरी वडा ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नुभएको हो ।

राष्ट्रिय पर्व बन्यो ‘टोपी दिवस’

काठमाडौं । विश्वभर नयाँ अंग्रेजी वर्ष २०२३ धुमधाम मनाइरहँदा नेपालमा भने ढाका टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइएको छ । एक दशकअघि केही युवाको लहडमा सुरु भएको यो दिवसले अहिले राष्ट्रिय पर्व स्वरुप धारण गरिसकेको छ । प्रवासमा रहेका लाखौं नेपाली समेत दौरा सुरुवाल र ढाका टोपी लगाएर प्रदर्शनमा उत्रिएका छन् । अझ सामाजिक सञ्जाल […]

रेखालाई ढाका टोपी लगाइदिँदै मतदाता भन्छन्, ‘देशको शिर उँचो राख्नू’

मोरङ- मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शिर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवापुस्ताले शिर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शिरमा ढाका टोपी लगाइदिएका हुन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट […]

ढाका टोपी लगाउँदै अमिताभ कुन गीतमा नाच्दैछन् ?

केही समयअघि बलिउड फिल्म 'उचाई' को नेपालमा छायाङ्कन भएको थियो। उक्त फिल्ममा अमिताभ बच्चनको पनि भूमिका छ। सुटिङका लागि अमिताभ नेपाल आउने भनिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उनी आउन सकेनन्। पछि उनको ठाउँमा 'डुप्लिकेट' राखेर सुटिङ गरिएको थियो। उनै अमिताभले ढाका टोपी लगाको तस्विर अहिले भाइरल भइरहेका छन्। अमिताभले ढाका ढोपी…

तस्वीर : नरसिंह चोकमा प्रदर्शनीमा राखिएको ढाका टोपी

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित नरसिंह चोकमा प्रदर्शनीमा शनिवार अपरान्ह राखिएको नेपाली ढाका टोपीको दृष्य । अङ्ग्रेजी नयाँवर्षको दिनलाई नेपालीहरु माझ राष्ट्रिय  टोपी दिवसको रुपमा पनि मनाउने गरिन्छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

एमाले महाधिवेशनको बन्दसत्रमा ढपक्कै ढाका टोपी

चितवन : नेकपा (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत आज चितवनको सौराहामा बन्दसत्र भइरहेको छ। बन्दसत्रमा नेताहरु आ-आफ्नो इच्छा, आकांक्षा र उद्देश्यका साथ उपस्थित छन्। बन्दसत्रमा एउटा रोचक पक्ष भनेको उपस्थित अधिकांश नेताहरुले ढाका टोपी लगाएका छन्। विशेषगरी अग्रस्थानमा बसेका अधिकांशको टाउकोमा टोपी देखिन्थ्यो। मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली सदाझैँ…

भारतीय पर्यटन राज्यमन्त्री भट्टलाई पर्यटनमन्त्री आलेले लगाईदिए ढाका टोपी

काठमाडौं, २७ कार्तिक । भारत भ्रमणमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले भारतीय पर्यटन राज्यमन्त्री अजय भट्टसँग भेटवार्ता गरेका छन् । भेटको क्रममा मन्त्री आलेले भट्टलाई ढाका टोपी लगाईदिएका थिए । भेटको क्रममा उनीहरुबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धको बारेमा कुराकानी भएको थियो । उनीहरुले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउनको लागि काम गर्ने […]

ढाका टोपीमा भारतीय गृहमन्त्री : नेपाल र नेपालीबारे दिए यस्तो अभिव्यक्ति (भिडियो)

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् । दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैस

ढाका टोपी शिरैमा ढलक्क ढल्कियो (फोटो फिचर)

काठमाण्डाै – बुधबार धेरै युवायुवतीले ढाका टोपी लगाएका छन् । युवा मात्र होइन, कतिपय युवतीसमेत ढाका टोपी लगाएर रमाइरहेका छन् । राष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा युवायुवती ढाका टोपीमा रमाएका हुन् । काठमाण्डौसहित देशका ठाउँठाउँमा ढाका टोपीको प्रदर्शन पनि भएको छ । नेपाली पहिचान मेटिएको भन्दै केही युवाहर...

‘ढाका टोपी मोह :आफ्नो भन्या आफ्नै हो

काठमाडौं, पुस १७ –शीरमा ढाका टोपी रहरले लगाउने धेरै होलान् । कतिलाई रमाइलोका लागि ढाका टोपी पहिचान पनि बनेको छ । कतिलाई परम्परा जोगाउने सोच जाग...