चितवन : नेकपा (एमाले) को चितवनमा जारी महाधिवेशनमा मतदानको समय सर्दै गएपछि प्रतिनिधिहरू थाकेका छन्। लगातार राति अबेरसम्म कार्यक्रम चलिरहेको र आज पनि राति मात्रै मतदान हुने भएपछि उनीहरु महाधिवेशन स्थलमै निदाउन थालेका छन्। केन्द्रीय निर्वाचन आयोगले आज राति ९ बजेदेखि मतदान सुरु गर्ने तालिका तय गरेपनि नेताहरु केन्द्रीय सदस्यहरु सकभर सर्वसम्मत गराउन छलफलमा जुटेका छन् ।जसका कारण मतदान राति ११ बजेबाट सुरु गर्ने तयारी छ। केन्द्रीय सदस्य सर्वसम्मत भएपनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन हु