आन्दोलनको बलमा राजसंस्था पुनःस्थापित गरिन्छः डा लोहनी

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताएका छन् । सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गरे । प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट नेपाली काँग्रेस तथा कम्युनिस्टहरु च्युत भएको जिकिर गर्दै लोहनीले प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्था आवश्यक भएको तर्क गरे ।  राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको बताउँद