भरतपुरमा जगन्नाथलाई भुइँकटहर चुनाव चिन्ह

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गरेका छन्।निर्वाचन अधिकृतको कार्यालयले आफूलाई भुइँकटहर चुनाव चिन्ह प्रदान गरेको पौडेलले थाहाखबरलाई जानकारी दिए। चुनाव चिन्ह प्राप्त गरेसँगै अब चुनावी प्रचारप्रसारमा होमिने उनको भनाइ छ।‘जे चिह्न पाउँछु त्यसैलाई रुख मान्छु’सत्ता गठबन्धनबीच भागबण्डा गर्दा यसपटक पनि भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि उनले स्वतन्त्र उम

सम्बन्धित सामग्री

निर्वाचन आयोगले स्वतन्त्र उमेदवारहरुलाई दियो चुनाव चिन्ह, बालेन शाहले पाए लौरो

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा उमेदवारी  दिएका उमेदवारहरुलाई शनिवार चुनाव चिन्ह प्रदान गरेको छ । यसैक्रममा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेललेलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।  उता भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने चुनाव चिन्ह भुइँकटहर पाएका छन् । त्यसैगरी धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । यसैगरी विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाएका छन्।    शनिवार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको हो ।        यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले बताएको छ । आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ ओटा राजनीतिक दलका उम्मेदवारलाई भने मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने छ ।        मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौंमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।             यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ ।।        यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कुल १ लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा ३ हजार २४९ पुरुष र २६८ महिला गरी ३ हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र १ हजार ५६८ महिला गरी २ हजार १७५, गाउँपालिका अध्यक्षमा ३ हजार १४९ पुरुष र १९८ महिला गरी ३ हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र १ हजार ७९१ महिला गरी २ हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।             यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र २ हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले बताएको छ ।             ७५३ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।

भरतपुरका बागी उम्मेदवार पौडेललाई भुईँकटहर चुनाव चिन्ह

स्थानीय तहको निर्वाचनको चर्चा र केन्द्रमा रहेको भरतपुर महानगरपाकिलाका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् । निर्वाचन आयोगले वैशाख ३० मा ...

भरतपुरका बागी उम्मेदवार पौडेललाई चुनाव चिन्ह ‘भुइँकटहर’

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले

स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह (फाेटाे फिचर)

काठमाडाैँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिएकाे छ। देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन्। उनीहरूलाई आयोगले आज निर्वाचन चिन्ह दिएकाे हाे। ४० प्रकारका निर्वाचन चिन्हहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, […]

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

भरतपुरमा जगन्नाथ पौडेलले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई शनिबार चुनाव चिन्ह प्रदान गरेको हो । यसैगरी, दलका उमेदवारहरुले भने दलकै चुनाव चिन्ह पाएका छन् । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी […]

भरतपुरका मेयरका बागी काँग्रेसका जगन्नाथले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । चितवनका असन्तुष्ट काँग्रेसले उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो । शनिवार आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।