अपांगतामैत्री विपद् नीतिको आवश्यकता

विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सोमबार काठमाडौँमा भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिता’ विषयक अन्तरक्रियाका वक्ताहरूले विपद्बाट सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित हुने भन्दै उनीहरूको सुरक्षाका लागि पनि प्रभा