ताप्लेजुङमा अलैँची विक्रीबाट १ अर्ब ३५ करोड आम्दानी

साउन ४, ताप्लेजुङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको विक्रीबाट एक वर्षमा किसानले रू. एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् ।  अलैँची जोनबाट दुई हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएकोमा दुई हजार मेट्रिक टन विक्रीबाट रू. एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।  करीब ६ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्यांकले जानकारी दिएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए । फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छ मध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको अलैँची जोन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।  मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक ६ ओटा वडामा अलैँची खेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन ओटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई ओटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच ओटा वडा र सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैँची खेती गरिन्छ । जिल्लामा रहेका कुल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ ओटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको अलैँची जोनका कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा १९३.९५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९३ दशमलव ९५ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १ करोड २६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ७१ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले वस्तु विक्रीबापत रू. ४ अर्ब ९१ करोड आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ अर्ब ७७ करोडभन्दा बढी पुगेको छ ।  कम्पनीको प्रशासकीय खर्च गत आवमा रू. १३ करोड २४ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ३४ लाख पुगेको छ । कम्पनीको शेयर पूँजी रू. २५ करोड ३५ लाख रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. १ अर्ब ३५ करोड सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रू. २९ दशमलव २८ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात १३५ दशमलव २४ गुणा र प्रतिशेयर नेटवर्थ रू. ४४४ दशमल १४ रहेको छ ।

सेन्चुरी बैंकको खुद नाफामा सुधार

सेन्चुरी बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ११५.६७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१.६३ प्रतिशत र सञ्चालन नाफा १४२.१२ प्रतिशत ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ ।बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०.५० प्रतिशत ले बढेर १ अर्ब ७२ करोड

आम्दानी घटेसँगै घट्यो प्रिमियर इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी कति ?

जेठ १, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवमा रू. २८ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २५ करोड ४२ लाखमा सीमित भएको हो ।चालू आवमा कम्पनीको आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तुलनमा चालू आवमा कम्पनीको आम्दानी ८ दशमलव ६४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४६ करोड  ७६ लाख आम्दानी भएकोमा चालू आवमा रू. ४२ करोड ७२ लाख भएको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड रहेको छ भने जगेडामा रू. ३५ करोड ७७ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ९६ करोड ६० लाख जम्मा भएको छ । यो बीमाकोष गत आवको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमा कोषमा रू. ८१ करोड ५ लाख थियो ।  बीमाशुल्क आर्जन भने गत आवको तुलनामा चालू आवमा १८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले कुल रू. १ अर्ब ३८ करोड बीमाशुल्क आर्जन भएकोमा चालू आवमा रू. १ अर्ब ६४ करोड आर्जन भएको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ६१,मूल्य आम्दानी अनुपात ३० दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१२ दशमलव ३५ रहेको छ ।

९ महीनामा नेको इन्सुरेन्सद्वारा रू.२ अर्ब २४ करोडभन्दा बढी बीमाशुल्क आर्जन

वैशाख २९, काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ९ महीना अर्थात् तेस्रो त्रैमाससम्ममा कुल रू. २ अर्ब २४ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू.१ अर्ब ९७ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी कम्पनीको नाफा भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा २ दशलमव ३५ प्रतिशतले घटेको छ । गत आवमा रू. ३५ करोड ९ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा रू.३४ करोड २६ लाखमा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५२ करोड रहेको छ । त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ६२ करोड २२ लाख सञ्चित गरेको छ । त्यसैगरी सो अवधिमा कम्पनीको बीमा कोषमा रू.१ अर्ब २७ करोड जम्मा भएको छ । बीमा कोष गत आवको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमा कोषमा रू. १ अर्ब ७१ लाख थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३० दशमलव शून्य २(वार्षिक), मूल्य आम्दानी अनुपात रू. २९ दशमलव ७८ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव शून्य ५ रहेको छ ।

नेपाल बैंकले छ महिनामा १ अर्ब ४१ करोड नाफा कमायो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

गरिमा विकास बैंकको नाफा २५% बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७

माघ ९, काठमाडौं । गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड २३ लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको अगाामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।  चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख रहेको कम्पनीले जगेडामा रू.१ अर्ब १२ करोड ७६ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ३२ लाख र शेयर प्रिमियममा रू. ६७ लाख ६५ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्मम कम्पनीले रू. ६५ अर्ब ७५ करोड ३६ लाख  निक्षेप संकलन गरेर रू. ५८ अर्ब ७१ करोड ७३ लाख कर्जा लगानी गरेको हो ।  सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.३५ करोड ६१ लाख ८८ हजार रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७, मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा, तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव १४ रहेको छ ।

कुमारी बैंकको नाफा घट्यो , वितरणयोग्य मुनाफा १ अर्ब बढी

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा कुमारी बैंक Kumari Bank Limited  को खुद नाफा १०.११ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६० करोड २५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ५४ करोड ११ लाख कायम भएको हो । बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशतले घटेर १ अर्ब २८ करोड कायम भएको छ । बैंकको संचालन मुनाफा पनि १०.५८ प्रतिशतले घटेको छ । बैंकको नेट फि तथा कमिशनको आम्दानी भने ६७.०५ प्रतिशतले बढेको छ । बैंकको कर्जा प्रवाह ६.४१ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने निक्षेप ६.४१ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ । १३ अर्ब ८७ करोड चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा ५ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६० पैसा, र प्रति शेयर नेट वर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रहेको छ ।

सनराइज बैंकको नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ

ताप्लेजुङका किसानले अलैँचीबाट गरे १ अर्ब ३५ करोडको आम्दानी

काठमाडौं। ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी गरेका छन्। अलैँची जोनबाट २ हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। दुई हजार मेट्रिक टन अलैँची बिक्रीबाट १ अर्ब ३५ करोड आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको हो। करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको छ।

खुद ब्याज आम्दानी घट्दा बैंक अफ काठमाण्डूको खुद नाफा ३३ % बढ्यो

वैशाख १४, काठमाडौं । बैंक अफ काठमाण्डूको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा ३३ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले बुधवार  प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८७ करोड ३४ लाख खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ अर्ब १६ करोड ९३ लाख पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी घटेपनि अन्य स्रोत मार्फत हुने आम्दानीले खुद नाफा बढ्नमा टेवा पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर रू. २ अर्ब ३५ करोड ५८ लाखमा सीमित भएको छ । त्यसैगरीसोही अवधिमा कम्पनीको सञ्चालन नाफमा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ८५ करोड ६९ लाख रहेको छ । त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १४, मूल्य आम्दानी अनुपात १९ दशमलव ७० गुणा,तरलता अनुपात २५ दशमलव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ४५ रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ६५ करोड ८१ लाख रहेको छ भने जगेडामा रू. ५ अर्ब ४१ करोड ८५ लाख र रिटेन्ड अर्निङमा रू. ९० करोड २७ लाख सञ्चित रहेको छ ।