उपेन्द्र यादव सरकारमा जाँदै, महन्थ ठाकुर मधेश दौडाहामा

साउन २३, काठमाण्डौ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष अहिले मधेसका बिभिन्न जिल्लामा पार्टीको बिस्तारित बैठकमा जुटेको छ । यता पार्टीको आधिकारिकता पाउन सफल उपेन्द्र यादव पक्ष भने सरकारमा जाने तयारी स्वरुप मन्त्री छनोटमा सक्रिय बनको छ । तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली […]

सम्बन्धित सामग्री

मधेस : २९ क्षेत्रको गणना भइरहँदा एमाले अगाडि, कांग्रेस र स्वतन्त्र हाराहारी

प्रारम्भिक रुझानले मधेश प्रदेशमा जसपासँग गठबन्धन गरेको नेकपा एमाले पहिलो दल बन्ने संकेत देखाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर भने अहिलेसम्म पछि परिरहेका छन् ।

त्रिपाठीको पत्रलाई ‘नो रेसपोन्स’

जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले चुनावी गठबन्धनका लागि विभिन्न राजनीतिक दललाई प्रस्ताव गरेका थिए । तर त्यसमध्ये कतिपय दलले सो पत्रको रेस्पोन्स नै नगरेको सो पार्टीले जनाएको छ । प्रगतिशिल पार्टीले चुनावी गठबन्धनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, सिके राउत नेतृत्वको  जनमत पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीलाई पत्र पठाएको थियो । त्यसमध्ये जनमत र तमलोपाले रेसपोन्स गरेपनि जसप

उपेन्द्र र महन्थ विभाजित हुँदा काँग्रेसले लियो लाभ, दुई नेता मिलाउने पहल चल्यो

काठमाडौं, १३ जेठ । मधेश आन्दोलनबाट उदाएका नेता हुन् उपेन्द्र यादव । कुनैबेला माओवादी जनयुद्धमा लागेका उपेन्द्र त्यहाँबाट अलग भई क्षेत्रीय मुद्दा उठाएर उदाए । मधेश आन्दोलनको नेतृत्व नै लिए । मधेश आन्दोलन उठ्दै गर्दा महन्थ ठाकुर पनि नेपाली काँग्रेस छाडेर अगाडि बढे । उक्त आन्दोलनले उनको परिचय पनि बदल्यो । मधेशको मुद्दा उठाएर अगाडि […]

उपेन्द्रको आरोप- केपी ओली महेन्द्रपथमा, महन्थ-राजेन्द्र ओलीको मतियार

वीरगञ्ज । जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन छाडेर अहिले मधेश दौडाहामा छन् । शनिवार वीरगन्ज पुगेका यादवले महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीका मतियार भएको आरोप लगाए । यादवले ओलीले गर्न खोजेको कू मा ठाकुर र महतोले साथ दिएको भन्दै उनीहरु मधेशविरोधी प्रतिगामी भएको आरोप लगाएका हुन् । […]

उपेन्द्र यादव सरकारमा जाँदै, महन्थ ठाकुर मधेश दौडाहामा

साउन २३, काठमाण्डौ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष अहिले मधेसका बिभिन्न जिल्लामा पार्टीको बिस्तारित बैठकमा जुटेको छ । यता पार्टीको आधिकारिकता पाउन सफल उपेन्द्र यादव पक्ष भने सरकारमा जाने तयारी स्वरुप मन्त्री छनोटमा सक्रिय बनको छ । तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली […]

उपेन्द्र यादव भुलभुलैयामा परे : महन्थ ठाकुर

२३ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् । ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका छन् । कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेशी नेताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । नेता महन्थ […]

सत्ता साझेदारीका लागि प्रधानमन्त्रीसँग जसपाका तीन सर्त

काठमाडौं । मधेशवादी दल जनता समाजवादी पार्टीले सत्ता साझेदारी खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनवटा सर्त राखेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसँग भएको छलफलमा जसपा नेताहरुले तीन सर्त अघि सारेका हुन् । बिहीवार साँझ झन्डै तीन घण्टा भएको छ्लफलमा जसपाले थुनामा रहेका रेशम चौधरीको रिहाइ, मधेश र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्याएको हो । छलफलपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले पुरानै माग अघि सारेको र प्रधानमन्त्रीले छलफल गर्न तयार छु भन्ने जवाफ पाएको बताउनुभयो । जसपाको बिहीवार बसेको बैठकले राजनीतिक संकट समाधानका लागि संसदमा रहेका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रसँग शीर्ष ५ नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थिय ्। सोही आधारमा आज प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो । छलफलमा जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण थिए भने नेकपा (एमाले) बाट पार्टी अध्यक्ष उवम् प्रधानमन्त्री ओली, उप–महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, राजन भट्टराई लगायत नेताहरु सहभागी थिए। सत्ता साझेदारीकै लागि जसपाले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेको छ भने कांग्रेस सभापति देउवासँग भेट गर्ने जनाएको छ । सत्ता समिकरणमा ‘निर्णायक भूमिका’ मा रहेको जसपाले तीनवटै दलसँग आफ्ना सर्त अघि सारेको छ भने जसले माग पुरा गर्छ, उसैसँग मिलेर सरकार बनाउने बताउँदै आएको छ ।