श्रीलंकामा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी, हम्बानटोटानजिकै ४ खर्बमा प्रशोधन केन्द्र बन्ने

श्रीलंकाका विकास रणनीति तथा अन्तर्राष्ट्रिय व्यापार राज्यमन्त्री नलिन बन्दाराले भारतीय कम्पनी अकोर्ड ग्रुप र ओमन सरकारको तेल र ग्यास मन्त्रालयसँग हम्बानटोटामा तेल प्रशोधन केन्द्र खोल्न ३ अर्ब ८५ करोड अमेरिकी डलर (४ खर्ब २५ अर्ब नेपाली रूपैयाँ) लगानी सम्झौता भएको जानकारी दिएका छन्।