कैलाली कांग्रेसले सिफारिस गर्‍याे २४५ नाम, प्रधानमन्त्री देउवा र पत्नी आरजु पनि समावेश - Naya Patrika

कांग्रेस कैलालीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी २४५ जना आकांक्षीको नाम उम्मेदवारका रुपमा केन्द्रमा पठाएको छ । जिल्ला कार्यसमितिले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी, सांसद डा....पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेपाल आयल निगम निजीकरण गर्ने सरकारको नीति नभएको बताएका छन् । आज शनिवार संसद भवनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले निजीकरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । ‘सार्वजनिक संस्थानहरुको सुधारका लागि नीति तथा कार्यक्रममा समावेश विषयलाई विषयान्तर गरिएको छ, निजीकरण गर्ने विषयमा सरकारको कुनै […]

फोहोरबाट बिजुली र ग्यास निकाल्ने काम नेपाल आफैले गर्न सक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ ।  बिहीवार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनु भएको हो । उहाँले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।  उहाँले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो ।  सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताउनु भयो ।  उहाँले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए । त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले । त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ ।'   उहाँले अगाडि भन्नुभयो 'यो काम नेपाल आफैँले गर्नसक्छ । विदेशी पनि इन्भेष्टमेण्ट गर्न तयार छन् । काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइट भन्दा पनि यसलाई ट्रिटमेण्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ ।’ प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको समेत बताउनु भयो । उहाँले फोहोरको उचित व्यवस्थापन गर्नसकेमात्रै पनि कतिपय रोगहरुको निवारण हुने पनि बताउनु भयो ।

हस्तकलाको मौलिक सीप नयाँ पुस्तामा हस्तान्तरण आवश्यक – प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको मौलिक सीप नयाँ पुस्तामा हस्तान्तरण आवश्यक भएको बताएका छन्। यसका लागि तालिमको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाल हस्तकला महासंघको आयोजनामा होटल हायातमा भएको १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण अझ बढ्ने […]

हस्तकलासँग सम्बन्धित करको समस्या समाधान हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताउनुभएको हो । उहाँले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश […]

एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहना : सांसद राई

काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाउनु भएको छ । आइतबार राष्ट्रियसभा बैठकमा सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवा पर्खेर बसिरहेको दावी गर्नु […]

प्रधानमन्त्री देउवा राष्ट्रका नाममा सम्बोधन गर्दै, राजीनामा दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन्। सवा १० बजे बालुवाटारबाट राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। देउवाको सम्बोधनमा उनको कार्यकालमा भएका काम समावेश छन्। यसै सम्बोधनमार्फत् देउवाले राजीनामा पनि घोषणा गर्ने छन्। चुनावपछि सरकार स्वतः कामचलाउ हुने र राजीनामा दिइरहनु नपर्ने कतिपयको…