प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएको छ । चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो । प्रदेश सभा सचिवालयले चारजनालाई हिजो पदमुक्त भएको सूचना टाँसेको थियो ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसप...

सम्बन्धित सामग्री

लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्। नेकपा एमालेबाट…

जसपा विभाजित, नयाँ दल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा पुगेको छ ।  राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपालको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निवदेन दिन निर्वाचन आयोग पुगेको चन्दा चौधरीले जानकारी दिइन् ।ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव प

राजपत्रमा सूचना आएपछि मात्रै महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने

जनता समाजवादी पार्टी (जसपा) को आधिकारीकता नपाएको महन्थ ठाकुर पक्ष अध्यादेशबारेको सूचना राजपत्रमा प्रकाशित भएपछि मात्रै पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ। नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टी दर्ताको...

ठाकुर पक्ष सर्वोच्च गएकोप्रति यादव पक्षको आपत्ति

काठमाडौं : निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएकोप्रति उपेन्द्र यादव पक्षले आपत्ति जनाएको छ।ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेपछि शनिबार बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले रिट गलत भएको ठहर गरेको हो। निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष बैठकले निकालेको कार्यकारिणी सदस्य रामसहाय यादवले बताए।बैठकमा भएको छलफलबारे जानकारी दिँदै उनले भने,‘निर्व