पत्रकार महासंघका संस्थापक महासचिव भण्डारी उत्कृष्ट नागरिक घोषित

झापा : नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी उत्कृष्ट नागरिक घोषित भएका छन्। कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषणा गरेका हुन्।झापाका अग्रज पत्रकार भण्डारीलाई वीरता जेसीजले शनिबारमा बिर्तामोडमा एक समारोहका बीच उत्कृष्ट नागरिकको सम्मान गरेको हो। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भण्डारीलाई सम्मान पत्र प्रदान गरे।उत्कृष्ट नागरिक घोषणा भएसँगै पत्रकार भण्डारीलाई झापाका विभिन