पूर्वन्यायाधीश लम्सालको निधनका कारण आज प्रधानन्यायाधीशको इजलास पनि नबस्ने

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएका कारण सर्वोच्च अदालतको इजलास नबस्ने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज इलजास तोकेर आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका थिए । सर्वोच्चमा न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला जबराले इजलास तोकेका थिए ।  बुधवार अरू न्यायाधीश इजलासमा नबस्दा जबराले एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाइ गरेका थिए ।  पूर्व न्यायाधीश लम्सालको निधनको शोकमा आज जबराको एकल इजलास पनि नबस्ने भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।  ...