वैशाखमा चुनाव गर्न गठबन्धन तयार भएको माधव नेपालको संकेत, भने- वैशाखमै भए पनि केपी गुटलाई परास्त गर्छौं

सत्तारूढ गठबन्धन वैशाखमै निर्वाचनमा जान तयार भएको छ । गठबन्धनमा रहेकामध्येको एक दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले वैशाखमै स्थानीय तहको निर्वाचन हुने संकेत गरेका छन् । शनिवार नेकपा (एस) निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफूहरू चुनावबाट भाग्न नखोजेको प्रस्टीकरण दिएका छन् ।  आगामी निर्वाचनमा पनि गठबन्धन गरेर जान प्रधानमन्त्री शेरबहादुर देउवा तयार रहेको र निर्वाचनबाट नेकपा एमालेको सूर्य चिन्हमा ग्रहण लाग्ने दाबी गरे ।  राष्ट्रिय सभा निर्वाचनमा...

सम्बन्धित सामग्री

कांग्रेस र माओवादीले मात्रै गठबन्धन चल्दैन

अघिल्लो चुनाव (२०७४) मा भएको वाम गठबन्धन हुँदै माओवादी र एमाले मिलेर नेकपा बन्दा संसदमा दुई तिहाइको बहुमत एउटै कम्युनिस्ट पार्टीको थियो। तर त्यही बहुमतका प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि नेकपा छिन्नभिन्न भयो। अदालतले माओवादी र एमालेलाई अलगअलग पार्टी बनाइदियो। एमालेबाट माधव नेपाल र झलनाथ खनालको अगुवाइमा अलग भएको समूहले […]

‘माधव नेपाल सिद्धिने बाटोमा लाग्नुभयो, ओली सच्चिनुभयाे’

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। चुनाव नजिकिएसँगै रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। दलहरूले समानुपातिकतर्फकाे बन्दसुची समेत निर्वाचन आयोगमा बुझाइसकेका छन्।  दलहरू आफ्नो पक्षमा चुनावी माहोल बनाउन केन्द्रित छन्। सत्ता गठबन्धनकाविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनाव लड्ने तयारीमा छ। गठबन्धन सिट बाँडफाँटमा बालुवाटारमै अल्झिँदा एमाले गाउँगाउँमा पुगिसकेको छ। एमालेले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ। तर, एम

चुनावअघि माओवादीसँग एकता हुँदैन, गठबन्धनबारे ज्योतिषीलाई थाहा हाेला : माधव नेपाल

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसँग पार्टी एकता नहुने बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, माओवादीसँग एकता हुन थाल्यो भनेर कसैले ‘हार्टवीट’ बढाउन जरुरी छैन हामी चुनावअघि कसैसित पनि एकता गर्दैनौ, चुनावपछि छलफल गरौंला।यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने पत्रकारको प्रश्नमा उनले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने ज्योतिषीलाई थाहा होला तर यो संसद रहँदासम्म गठबन्धन रहन्छौ। उनले  आगाम

एक्लै लड्ने भनेपछि हाम्रा नेताहरू पार्टीबाटै भाग्न थाले : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन नभएको ठाउँमा उम्मेदवार बन्न नेताहरूले नमानेको गुनासो गरेका छन्। पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धन भएको ठाउँमा उम्मेदवार बन्न प्रतिस्पर्धा गरे पनि एक्लै लड्न नचाहेको बताएका हुन्।  उनले भने, ‘अब चुनाव आउँदै छ। उम्मेदवार बन्नुहुन्छ कि भाग्नुहुन्छ भन्ने थाहा छैन। गठबन्धनको उम्मेदवार भए सबै आकांक्षा गर्ने तर एक्लै भनेपछि भाग्ने परिस्थिति बन्यो स्थानीय तहको निर्वाचनमा

संघ र प्रदेशको चुनावसम्म गठबन्धन कायम रहन्छः माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन्। अध्यक्ष नेपालले आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताए। पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनलाई […]

महासचिवले आरोप लगाएको होइन, जिब्रो चिप्लिएछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन आगामी चुनाव र त्यस पछिसम्म  लैजान चाहेको बताएका छन् ।  बुधबार पार्टी निकट विद्यार्थी संगठनको काठमाडौमा भएको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भनेर अनेकौं कू प्रचारहरु भइरहेपनि त्यस्ता कू प्रचारका पछि लाग्न जरुरी नरहेको बताए । ‘त्यस्ता कू प्रचारका पछि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहान्छौँ’, अध्यक्ष नेपालको भनाइ

ओखलढुङ्गामा भाँडियो गठबन्धन, जसपा र समाजवादी आउट

ओखलढुङ्गामा सत्तारुढ गठबन्धन भाँडिएको छ । काँग्रेस–माओवादी मिलेपछि जनता समाजवादीले गठबन्धन छोडेको घोषणा गरेको छ । सो पार्टीले गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने विज्ञप्ति निकालेर जनाएको छ । त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनबाट लगभग बाहिरिसके पनि घोषणा हुन बाँकी छ । एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा काँग्रेस–माओवादी तालमेल गर्ने सहमति भैसकेको छ ।

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन, हामीबीच कुनै तिक्तता छैन: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि अवस्थामा सत्ता गठबन्धन नटुट्ने बताएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताबारे पार्टीका नेताहरुलाई ब्रिफिङ गर्दै नेपालले आउँदो जेठमा स्थानीय चुनाव हुने र गठबन्धन नटुट्ने बताएका हुन् । ‘हामीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र […]

चुनावबाट भाग्दैनौँ, वैशाखमै भए पनि भिड्न तयार छाैँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन्। यसरी संविधानअनुसार हुने चुनाव आगामी वैशाखकै लागि तोकिए पनि आफ्नो पार्टी भिड्न तयार रहेको उनले बताए।पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जनतामा जाने कुरालाई सहज ठानेका छौँ।  चुनावलाई लिएर अरू आत्तिएका होलान्। तर, हामी आत्तिएको छैनौँ। वैशाख, जेठ, असार अथवा असोजमै भएपनि सामाना गर्न तयार छौँ। अहिले गठबन्धन टुटाउन मात्रै भ्रम फैलाइएक