अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाव क्षेत्र र ग्रामीण इलाकामा चलाउँदै आएको तालिवान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार