सरकार बनाउने र ढाल्ने विषयमा तटस्थ रहेको दाबी गर्दै आएका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोको बालुवाटार र शीतलनिवासतिर दौडधूप बढेको छ ।संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने गठबन्धनप्रति अरुचि देखाउँदै तटस्थ बसेका यी नेताहरु बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे ।बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सल्लाह गरिसकेपछि ठाकुर र महतोले राष्ट्रपतिसमक