जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण परिवर्तन गरेको प्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । जसपा नेपाल उपेन्द्र यादव पक्षका प्रचार विभाग प्रमुखले डम्बर खतिवडाले शनिवार एक विज्ञप्ति जारी गरी अध्यक्ष ठाकुरले जालजासी काम गरेको आरोप लगाएका हुन् ।गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरु सोही दिन अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिएको थियो । उक्त निर्णय कार्यकारिणी सदस्यहरु, केन्