गठबन्धन सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको प्रस्ताव

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् । निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले  निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने उनले बताए । ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक