चिसो बढ्दै, सावधानी अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।मंगलबार प्रदेश १ लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार पनि प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम स

सम्बन्धित सामग्री

देशभर चिसो बढ्दै : न्यानो हुन आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

काठमाण्डाै -  देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा  सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसाेको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव...