मन्त्री झाँक्रीको पर्खाइमा शहरी मन्त्रालय : कर्मचारी लामवद्ध, कलशदेखि केराको बन्दोबस्त !

नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पर्खाइमा सिंहदरबारस्थित कार्यालयमा कर्मचारी लामवद्ध रहेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रीहरू मन्त्रालयमा नआई सोझै मन्त्रिपरिषद् बैठकमा गएका छन् । मन्त्रीले शपथ लिएपछि कर्मचारीहरू स्वागतको तयारीसहित मन्त्रालयबाहिर लामवद्ध भएका छन् । कर्मचारीले मन्त्रीको स्वागतका लागि फूल, कलश, स्याउ, केराको बन्दोबस्त गरेका छन् । हेर्नुहोस् फोटो –

सम्बन्धित सामग्री

कारागार अस्पतालमा पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक बस्यो

केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तरगर्तका कर्मचारी रहेका छन्।

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौ

लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरू दाङ सार्न खोजेको भन्दै कर्मचारी संगठनहरू आन्दोलित भएका छन् । सरकारी कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनसहित चारवटा कर्मचारी संगठनहरूले प्रदेश सरकारका प्रमुख सचिव डा.दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै भौतिक पूर्वाधार विना राजधानी सार्ने कार्य आपत्तिजनक भन्दै तत्काल रोक्न माग गरेका छन् ।मुख्य सचिवलाई बुझाएको ज्ञापनपत्रमा मन्त्रालय रहने र सेवा प्रवाह गर्ने भवन, कर्मचारी आवास, शैक्षिक संस्थाहरूको अभावकै बीचमा अस्थायी राजधानी रहेको स्था

बुटवलका मन्त्रालय दाङ सार्न खोजेको भन्दै लुम्बिनीका कर्मचारी संगठन आन्दोलित

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारी संगठनहरू आन्दोलित भएका छन् । सरकारी कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनसहित चारवटा कर्मचारी संगठनहरूले प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै भौतिक पूर्वाधारविना राजधानी सार्ने कार्य आपत्तिजनक रहेको भन्दै तत्काल रोक्न माग गरेका छन् । मुख्य सचिवलाई बुझाएको ज्ञापनपत्रमा मन्त्रालय […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]

कर्मचारी सरुवामा बेथिति:चार दिनमै दुईपटक सरुवा

सामान्यतः साउन, भदौ र असोज कर्मचारी सरुवाको मौसम हो। मन्त्रालय स्रोतका अनुसार साउन लाग्नेबित्तिकै कर्मचारी सरुवामा चरम चलखेल हुन्छ।...

गृहमा एक चौथाइ कर्मचारी अभाव

काठमाडौं । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्। कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको […]

देशभर ६९ प्रदेश मन्त्रालय, सबैमा कर्मचारी अभाव

काठमाडौं, पुस ६ । भागबण्डा पुर्‍याउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन्। अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ। प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन्। मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ। बागमतीले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ मन्त्रालय पुर्‍याएको छ। प्रदेश […]

बागमतीमा मन्त्रालय टुक्राउँदा पूर्वाधार र कर्मचारी अभाव

२ पुस, हेटौंडा । वागमती प्रदेश सरकारले मन्त्रालयका संख्या बढाउँदा पूर्वाधार र कर्मचारी अभाव भएको छ । कर्मचारी अभाव भएकाले एक जनाले दुई मन्त्रालय हेर्नुपर्ने अवस्था सिर्जना भएको छ। यद्यपि सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी पुराना सरकारी भवन मर्मतसम्भार गरेर र मौजुदा जनशक्ति प्रयोग गरेर मन्त्रालय सन्चालनको तयारी गरिएको अधिकारीहरुले बताएका छन् । मुख्यमन्त्री […]

प्रदेश २ : मन्त्रालय थपिएसँगै कर्मचारी र भौतिक संरचनाको अभाव

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जेठ मसान्तमा आफ्नै पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरी नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराए । यस क्रममा विभिन्न मन्त्रालय विभाजनसमेत गरिएको छ तर पनि कर्मचारी व्यवस्थापन र भौतिक संरचनाको अभावमा दैनिक कामकाज प्रभावित हुन थालेको छ ।मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारमा काँग्रेस सहभागी भएको करिब चार साता बितिसक्दा पनि नयाँ मन्त्रालयमा भौतिक संचरना र कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।सरकार टिकाउनका लागि मुख्यमन्त्री राउतले हतारमा मन्त्रालय फुटाउने र काँग्