कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव, भदौ १६ को मिति भने नसर्ने

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक शनिवार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको थियो । बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको तर, निर्णयमा नपुगिसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  बैठकमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी साउन १२ गतेबाट कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका लागू गर्नुपर्ने तर, अहिले असम्भव जस्तो दे...